काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले लोकपथलाई जानकारी दिए ।
‘प्रदेश सभा बैठकमा बिजनेस (एजेण्डा) केही हुन्छ की भनेर बोलाइएको हो उनले भने, ‘छलफलका एजेण्डा केही नभएकाले बैठक स्थगित गरिएको छ ।’ उनका अनुसार प्रदेश सभा बैठक अर्काे सूचना नभएसम्मका लागि स्थगित गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया