गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सर्वाेच्चमा सुनुवाइ हुँदै

लोकपथ
0
Shares
{“caption”:”u0909u092au092au094du0930u0927u093eu0928 u0924u0925u093e u0917u0943u0939u092eu0928u094du0924u094du0930u0940 u0930u0935u093f u0932u093eu092eu093fu091bu093eu0928u0947 u0964 u0924u0938u094du092cu093fu0930 : u0939u0947u092eu0928u094du0924 u0936u094du0930u0947u0937u094du0920/u0915u093eu0928u094du0924u093fu092au0941u0930″,”photographer”:””,”alt_text”:””}

काठमाडौं । सर्वोच्च अदालतमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ शुरु भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको इजलासमा सुनुवाइ शुरु भएको हो ।

यसअघि गत पुस २२ गते अदालतले आजका लागि पेसी नगर्ने मुद्दाका रुपमा राख्न भनेको थियो । उक्त मुद्दामा प्रमाणका आधारमा पक्ष, विपक्ष र सरकारी वकिलको बहसपछि आज फैसला हुने जनाइएको छ ।

मुद्दा सुनुवाई गर्ने इजलासमा एकजना न्यायाधीश हेरफेर भएका छन् । यसअघिको इजलासमा नरहनेका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अहिले संवैधानिक इजलासमा छन् भने प्रकाशमानसिंह राउत हटेका छन् । वरिष्ठतम न्यायाधीश श्रेष्ठ यसअघि २२ पुसको सुनुवाइमा बिदामा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?