३१ श्रावण २०७९, मंगलवार

आयोगको कडाई, यस्ता सामग्री प्रदर्शनमात्रै होइन उत्पादनमा समेत रोक

२०७४,कार्तिक,५,आईतवार १०:१५

0
Shares

काठमाडांै, कातिक ५ – आगामी मङ्सिर १० र २१ हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र मितव्ययी बनाउन निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचार प्रसारमा प्रयोग गर्ने गरी निर्वाचन चिन्ह अंकित पहिरन जस्तै टोपी, स्टिकर, टि–शर्ट, झोला, ट्याटु, गम्छाजस्ता सांकेतिक सामग्रीहरूको उत्पादन, वितरण र प्रयोगलाई शख्त निषेध गरेको छ ।देशभरका ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृत÷निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, क्षेत्रीय/ जिल्ला निर्वाचन अधिकारीलाई आयोगले आज एक पत्र पठाई राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्ने गरी निर्वाचन चिन्ह अंकित उल्लेखित सामग्रीह? उत्पादन, बिक्रि वितरण वा प्रदर्शन गर्नु निर्वाचन आचारसंहिता विपरित हुने हुँदा त्यस्ता सामग्री उत्पादन तथा प्रयोगमा रोक लगाउन र नियन्त्रण गर्न निर्देशन दिएको हो ।राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचारप्रसारका क्रममा उल्लेखित सामग्रीहरू व्यापकरूपमा उत्पादन तथा वितरण गर्न लागेको भन्ने सूचना आयोगमा प्राप्त भएको हुँदा आयोगले त्यस्ता सामग्रीहरूको उत्पादन, बिक्री वितरण र प्रयोगमा कडाईका साथ रोक लगाउन सम्बन्धित पदाधिकारीहरूलाई निर्देशन दिएको छ ।आयोगको आदेश विपरित निर्वाचन प्रचारप्रसारमा उपरोक्त सामग्रीहरू प्रयोग गरेको पाइएमा त्यस्ता अबैध सामग्रीहरू जफत गरी निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दल, व्यक्ति तथा निकायलाई आवश्यक कारवाही गर्न समेत आयोगले निर्देशन दिएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,५,आईतवार १०:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बेलायतको औषधी नियामक निकायले कोरोना भाइरसविरुद्धको अद्यावधिक मोडेर्ना खोपलाई अतिरिक्त मात्रा प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ ।

बुटवल । पत्रकार वसन्त पोखरेलको निधन भएको छ । लुम्बिनी प्रदेशलाई केन्द्रमा राखेर बुटवलबाट पत्रकारिता गर्दै आएका पोखरेलको आज बिहान

धनगढी । असार ४ गते धनगढी पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तावित गेटा मेडिकल कलेजलाई स्वास्थ्य बिज्ञान प्रतिष्ठान बनाउने घोषणा गरे ।

मुगु । मुगुमा पाँच वर्षपछि फरार अधियुक्त पक्राउ परेका छन् । बहुविवाह मुद्दामा ११ महिना १८ दिन र १० हजार

ताजा समाचार

२० वर्षमै आमा बनेकी मनीषा कोइराला !
 २०७९,श्रावण,३१,मंगलवार १२:०६
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
 २०७९,श्रावण,३१,मंगलवार ११:५४