काठमाडौं–नेपाली काँग्रेसको महासमिति बैठकको कार्यतालिका सार्वजनिक भएको छ ।
बुधबार सार्वजनिक कार्यतालिका अनुसार मंसिर १८ गते पार्टी केन्द्रीय कार्यालयमा अपरान्ह २ देखि ५ बजेसम्म प्रतिनिधिहरुको दर्ता तथा स्वागत कार्यक्रम राखिएको छ ।
यस्तै मंसिर १९ गते बिहान ११ बजे गयम्बर पार्टी प्यालेसमा बैठकको औपचारिक उद्घाटन हुनेछ ।
पार्टी कार्यालयका सचिव कृष्ण प्रसाद पौडेलका अनुसार उद्घाटन समारोह समापन लगतै सोही पार्टी प्यालेसमा बन्द सत्र प्रारम्भ हुने छ । उनका अनुसार बन्दसत्र पुस १, २ र ३ गतेसम्म चल्नेछ ।
बन्दसत्रमा पार्टीको रणनीति, संशोधित विधान लगायतका विषयमा छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया