२३ माघ २०७९, सोमवार

कैलालीमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुने

२०७९,माघ,११,बुधबार १०:४७

18
Shares

कैलाली । कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा यही माघ २१ गतेदेखि विद्यालयस्तरीय यु–१९ टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । ‘लिटल फ्लावर प्रिमियर लिग (एलपीएल–७) सातौँ संस्करणको उक्त प्रतियोगितामा १० विद्यालयको सहभागिता रहने छ ।

सहभागी विद्यालयलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक टोलीले लिग चरणमा चार–चार खेल खेल्ने छन् । समूह विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् । उद्घाटन खेल लोटस आइ अत्तरिया र सत्यवती एकेडेमी अत्तरियाबीच हुनेछ । आगामी फागुन ६ गते फाइन खेल हुने आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।

प्रतियोगिताको विजेताले रु दुई लाख ५१ हजार एक सय ११ र उपविजेताले रु एक लाख २५ हजार पाचँ सय २५ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु २० हजार तथा उत्कृष्ट बलर र ब्याटरले रु १०÷१० हजार पुरस्कार प्राप्त गर्नेछन् । उदीयमान खेलाडीलाई रु पाँच हजार र प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’ लाई रु दुई हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: २०७९,माघ,११,बुधबार १०:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक मोन्टी देशाई नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टस अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधामा विभिन्न खेलका पाँच खेलाडी

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा ‘दोस्रो गैँडाकोट मेयर कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता–२०७९’ हुने भएको छ । यही माघ

काठमाडौं । पाकिस्तानी राष्ट्रिय क्रिकेट टीमका ब्याट्सम्यान मोहम्मद रिजवानले सन्दीप लामिछानेसँग भेट गरेका छन् । मोहम्मद रिजवान नेपाल आएर सन्दीपसँग

ताजा समाचार

विदेशी मुद्राको सञ्चिती बढ्यो
 २०७९,माघ,२३,सोमवार १७:२८