समान विचार भएकासँग वार्ता गर्न राप्रपा नेपालले बनायो कमिटी

लोकपथ
0
Shares

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा माघ ९ र १० गते काठमाडौंमा बसेको केन्द्रीय कार्य समितिको बैठकले समान विचारधारा भएका व्यक्ति, समूह र दलहरुसँग एकताका लागि वार्ता गर्न एक कमिटी गठन गरेको छ ।

उपाध्यक्ष श्याम तिमिल्सिनाको संयोजकत्वमा महामन्त्रीद्वय इन्द्र चित्रकार र राजाराम बर्तौला, सहमहामन्त्री तेज कुरुम्बाङ्ग र मधेश प्रदेशका अध्यक्ष रामनरेश यादव रहेको समिति गठन गरिएको हो ।

बर्तौलाका अनुसार पार्टीले अबलम्बन गरेको नीति ,बिचारसँग सहमत हुने पार्टी, संघसंस्था र समूहसँग वार्ता गरी राप्रपा नेपाललाई बलियो बनाउने अभियान अनुसार वार्ता समितिले काम गर्नेछ ।

उनकाअनुसार निर्वाचन आयोगमा दर्ता भएका केही पार्टी र अन्य धार्मिक संघसंस्थाहरुसँग तुरुन्तै संवाद शुरु हुने गरी तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?