तीनवटै सरकारी बैंकहरु मर्जरमा जान तयार हुनुपर्छ : गभर्नर अधिकारी

लोकपथ
78
Shares
sf7df8f}F, !) df3M ef/t–g]kfn …:6f6{ck sg]S6Úsfo{qmddf ueg{/ clwsf/L g]kfn /fi6« a}+ssf ueg{/ dxfk|;fb clwsf/L dªunaf/ ef/tLo /fhb”tfjf;åf/f sf7df8f}Fdf cfof]lht ef/t–g]kfn …:6f6{ck sg]S6Ú sfo{qmdnfO{ ;Daf]wg ug'{x’Fb} . tl:a/M ls/0f lji6÷/f;;

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले सरकारी स्वामित्वका बैंकहरु पनि मर्जरमा जान तयार हुनुपर्ने बताएका छन् । सोमबार राजधानीमा आयोजित राष्ट्रिय वाणिज्य बैंकको ५८ औँ वार्षिकोत्सव समारोहमा बोल्दै गभर्नर अधिकारीले भने, ‘राष्ट्र बैंकको पछिल्लो मर्जर नीतिले बैंकहरुको पुँजी निर्माण ठूलो काम गरेको छ ।

यसले बैंकहरुको संख्या मात्र घटाएको छैन, समग्र वित्तीय क्षेत्रकै सुशासन र क्षमता वृद्धिमा उल्लेखनीय काम गरेको छ ।’ मर्जर नीतिलाई थप जोड दिदै गभर्नर अधिकारीले भने, ’बैंक तथा वित्तीय संस्थाहरुको मर्जर नीति निरन्तर प्रक्रिया हो ।

आवश्यक परे सरकारी स्वामित्वका तीनवटै वाणिज्य बैंकहरु पनि मर्जरका लागि तयार हुनुपर्छ’ गभर्नरले भने । सोही अवसरमा गभर्नर अधिकारीले राष्ट्र बैंकले लिने हरेक नीति मुलुकको समग्र अर्थतन्त्रको विकास र वित्तीय व्यवस्थापनकै लागि नै हुने बताए ।

सोही अवसरमा गभर्नर अधिकारीले पछिल्लो समय मुलुकको आर्थिक स्थिति सहजातर्फ उन्मुख हुदै गएको बताउँदै आयातमा लिइएको नियन्त्रणको नीति समेत खुकुलो गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?