दीपकराज गिरीले भने ‘रवि र बालेनलाई ५ वर्ष विश्वास गरौँ’

लोकपथ
21
Shares

काठमाडौं । कलाकार दीपकराज गिरीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाको मेयर बालेन शाहलाई काम गर्न दिनुपर्ने बताएका छन् ।

पछिल्लो समय रवि र बालेनले गरेको कामको विषयमा सामाजिक संजालमा विभिन्न अविश्वासको टिका टिप्पणी हुन थालेपछि दुबैलाई कामका लागि कम्तिमा पनि ५ वर्ष विश्वास गर्न उनले सबैलाई अनुरोध गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हामीले कांग्रेस, एमाले र माओवादीलाई वर्षाैँ विश्वास गर्याैँ । अब रवि र बालेनहरु आएका छन् । उनीहरुलाई कमसेकम ५ बर्ष त विश्वास गरौँ ।’

पछिल्लो समय मेयर बालेनले बनाउने भन्दा भत्काउने काम धेरै गरेको र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले हत्या अभियोगमा फरार रहेका लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न नसकेको भनेर सामाजिक सञ्जालमा टिकाटिप्पणी बढी हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?