चर्चित कमेडियन कपिल शर्मा विवाह बन्धनमा बाँधिदै

एजेन्सी । चर्चित कमेडियन कपिल शर्मा आज आफ्नी प्रेमिका गिन्नी चतरथसँग विवाह बन्धनमा बाँधिदैछन् । उनको वैवाहिक कार्यक्रम कबाना रिपोर्टमा तय गरिएको छ । भारतीय अनलाइन दैनिक भास्करका अनुसार विहेको लाइभ भिडियो कपिल शर्माको यूट्यूव च्यानलमा देख्न सकिन्छ ।

समाचारका अनुसार वैवाहिक समारोहमा बलिउड सेलिब्रेटीका साथै उनका निकटस्थहरुको सहभागिता रहनेछ ।

कतिपय सञ्चारमाध्यमले कपिलले यसअघि वैवाहिक बन्धनमा बाँधिएका दीपिका–रणवीर तथा निक प्रियंकाको जस्तै रिती–रिवाजअनुसार हुने जनाएका छन् । यद्यपि कपिलका साथी सन्धूले भने कपिल–गिन्नीको बिहे हिन्दू परम्पराअनुसार मात्रै हुनेछ ।

यसैबीच १८ डिसेम्रमा अमृतसरमा कपिलले रिसेप्सन दिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?