‘राससले निर्वाचनका बेला उत्कृष्ट काम गर्‍यो’

लोकपथ
65
Shares
sf7df8f}F, !) df3M ;]jfu|fxL;Fu /f;;sf] ;]jf u’0f:t/ / k|efjsfl/tf clej[l4 cGt/lqmof /fli6«o ;dfrf/ ;ldlt s]Gb|Lo sfof{nodf dªunaf/ cfˆgf] ;]jfu|fxL;Fu /f;;sf] ;]jf u’0f:t/ / k|efjsfl/tf clej[l4 cGt/lqmofdf /f;;sf sfo{sf/L cWoIf wd]{Gb| emf dxfk|aGws l;4/fh /fO{nufot ;xefuL . tl:a/M ls/0f/fh lji6÷/f;;

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) ले मंसिर ४ गतेको संघीय एवं प्रदेशसभा निर्वाचनका क्रममा २४ सै घण्टा सेवा प्रदान गरेर उत्कृष्ट काम गरेको भन्दै सेवाग्राहीले त्यस्तो सेवालाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।

राससले आज आयोजना गरेको ‘सेवा गुणस्तर र प्रभावकारिता अभिवृद्धि’ विषयक अन्तरक्रियामा सहभागी सेवाग्राही सञ्चारमाध्यमका सम्पादक एवं प्रतिनिधिले समाचार र तस्बिर एकैपटक राखे सहज हुने सुझाव दिएका थिए । निर्वाचनपछि मत परिणाम नआएसम्म राससले २४ सै घण्टा समाचार सेवा प्रदान गरेको थियो ।

कार्यक्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले गुणस्तर वृद्धिमा संवेदनशील भएर नै कार्यक्रम गरिएको बताउँदै यस्तो छलफल छ/छ महिनामा आयोजना गरिने प्रतिबद्धता जनाए । गुणस्तर वृद्धिका लागि राससले शैली पुस्तिका परिमार्जन गर्न लागेको र ‘राससको इतिहास’ नामक पुस्तकसमेत अद्यावधिक गर्न लागिएको उनले सुनाए ।

‘अन्तरक्रियामा प्राप्त सुझावलाई सम्पत्ति बनाएर कार्यान्वयनका लागि इमान्दार प्रयास गर्छौं, तस्बिर र समाचारसँगै लैजाने प्रयास गर्छौं, भुइँतह एवं जनजीविकाका समाचारलाई पनि प्राथमिकताका साथ राख्न थालिएको छ, राससले ‘मोबाइल जर्नालिज्म’ को अभ्यास पनि शुरु गरेको छ’, अध्यक्ष झाले भने ।

राससका पूर्वअध्यक्ष एवं हिमालय टाइम्सका सम्पादक पुरुषोत्तम दाहालले सिद्धान्त र शक्तिको द्वन्द्वमा पत्रकारिता रहेको उल्लेख गर्दै राससमा सेवा गर्नेले अन्यत्र विशेषज्ञ सेवा दिए पनि नियमित काम गर्न नसक्ने टिप्पणी गरे । ‘बहुदलीय व्यवस्थामा साना दललाई सञ्चारमाध्यमले प्रवर्द्धन नगरे एक वा दुई दलको अधिनायकत्व स्थापना हुन्छ, यसैले सञ्चार माध्यमले साना दलका समाचार पनि प्राथमिकताका साथ दिनुपर्छ’, उनले भने ।

साँघु न्युज डटकमका सम्पादक गोपाल बुढाथोकीले राससका धेरै समाचार विभिन्न सञ्चारमाध्यमले ‘कपी, पेस्ट’ गर्ने गरे पनि प्रेस काउन्सिलमा उजुरी नजाने गरेको अनुभव सुनाए । आफू काउन्सिलमा हुँदा राससमा सम्पर्क गरेर उजुरी गर्न भनेको उनले जानकारी दिए ।

नेपाल मिनेट डटकमका प्रधान सम्पादक प्रकाश रिमालले राससको संस्थागत जवाफदेहिता हुनुपर्ने उल्लेख गर्दै राससलगायत सरकारी सञ्चारमाध्यमले सरकारलाई जवाफदेही बनाउन पनि काम गर्न सक्ने बताए । गोरखापत्रका प्रधानसम्पादक शिवकुमार भट्टराईले गुणस्तरीय समाचार सेवा दिन रासस सक्षम रहेको बताउँदै अन्तर्राष्ट्रिय समाचार भने बढी पुराना आइरहेकाले सुधार गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा कारोबार दैनिकका सम्पादक बालकृष्ण ज्ञवाली, नयाँ विकल्प डटकमका अध्यक्ष तथा प्रधान सम्पादक दामोदरप्रसाद दवाडी, हाम्रा कुरा डटकमका कार्यकारी निर्देशक माधवप्रसाद चम्लागाईं, नेपाल पत्रका प्रधान सम्पादक गोपाल भण्डारी, नेपाल न्युजका सम्पादक केदारनाथ कोइराला, न्युज २४ का कार्यक्रम संयोजक नवराज चालिसे, बिजमाण्डु डटकमका सम्पादक विज्ञान अधिकारी, शिलापत्र डटकमका सम्पादक जनक नेपाल, नागरिक दैनिकका वरिष्ठ पत्रकार भीम अर्याललगायतले राससले दिएका समाचारमा समयसापेक्ष सुधार गर्दै लैजानुपर्ने सुझाव दिए ।

राससका महाप्रबन्धक सिद्धराज राई, नायब महाप्रबन्धक श्यामप्रसाद रिमाल र कार्यकारी व्यवस्थापक शीतलप्रसाद महतोले व्यक्तिगत र संस्थागत ग्राहक वृद्धि गर्न लागिएको र ग्राहकका लागि नयाँ शुल्क निर्धारण गरी सेवालाई पनि पहिलेभन्दा सुधार गर्न लागिएको जानकारी गराए । राससले ६२ औँ वार्षिकोत्सवको अवसर पारेर कार्यक्रमको आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?