काम नगर्ने तर नेतागिरी गर्ने समय सकियोः मन्त्री यादव

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले काम नगरी ट्रेड युनियनको नेता हुँ  भन्ने दिन अब नरहेको बताएका छन् ।

हेटौडा सिमेन्ट उद्योगको ३३ औ वार्षिकोत्सवको कार्यक्रममा बोल्दै उनले ट्रेड युनियनका अधिकांश नेतामा काम नगर्ने नेतागिरी मात्र गर्ने प्रवृत्ति रहेको भन्दै उनले  सचिवलाई तर्साउनेहरुको दिन गएको बताएका हुन् ।

नेताले काम गर्दैन काम गर्ने नेता होइन त्यसैले सचिव तर्र्साएर होइन काम गरेर स्थापित हुनुपर्नेमा उनले जोड दिएका छन् ।  कर्मचारी संगठनका नेताहरु सचिव सरुवा गर्न हिँड्ने तर आफनो जिम्मेवारी पूरा नगर्ने प्रवृत्ति देखिएको भन्दै औद्योगिक क्षेत्रमा यस्तो देखिन नहुने मन्त्री यादवले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?