मन्त्री नारायणकाजी श्रेष्ठले मागे तीन विषयमा सुझाव

लोकपथ
130
Shares

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले तीन विषयमा आम सर्वसाधारणसँग समेत सुझाव मागेका छन् ।

मन्त्री श्रेष्ठले सुशासन, यातायात व्यवस्थापन र पूर्वाधार (सडक, रेल, पानीजहाज) विकासका बारेमा सुझाव मागेका हुन् ।

मन्त्रालयबाट सम्पादन गर्ने कार्यको गुणात्मक परिवर्तन गरी परिणाम निकाल्न भन्दै सुझाव मागेको मन्त्री श्रेष्ठको सचिवालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्री श्रेष्ठका निजी सचिव नारायणप्रसाद लामिछानेले जारी गरेको अपिलमा भनिएको छ, ‘सुशासन, यातायात व्यवस्थापन र पूर्वाधार विकाससम्बन्धी जानकारहरू र विषय विज्ञहरूसँग राय सुझाव लिने कार्यसमेत भइरहेको सन्दर्भमा समस्या समाधानका लागि सुझाव दिन अपिल गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?