बालाजुको एक गेस्ट हाउसमा सैनिक जवान मृत फेला

लोकपथ
52
Shares

काठमाडौं । काठमाडौंको बालाजुस्थित एक गेस्ट हाउसमा एक जना सैनिक जवान मृत फेला परेका छन् । नेपाली सेनाका २५ वर्षीय विनय कार्की काठमाडौं महानगरपालिका-१६ को रसुवा गंगाजल गेस्ट हाउसमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

बिहान अबेरसम्म पनि उनले ढोका नखेलेपछि गेस्ट हाउसका संचालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले गेस्ट हाउस पुगेर ढोका फोरेर हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका दिनेश एसपी दिनेश मैनालीले लोकपथलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?