२३ माघ २०७९, सोमवार

मापदण्ड भन्दा बढी धुवाँ फाल्ने २५८ वटा सवारी साधन ट्राफिक प्रहरीको कारबाहीमा

२०७९,माघ,१०,मंगलवार १७:२०

72
Shares

काठमाडौं । गत मंसिरदेखि हालसम्म मापदण्डभन्दा बढी धुवाँ फाल्ने २५८ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । मापदण्डभन्दा बढी धुवाँ फाल्ने भाडाका बस, मिनी बस, माइक्रोबस, पिकअप भ्यान, कार, विभिन्न संघसस्था लगायतका सवारी साधन गरी २५८ वटा सवारी साधन कारबाहीमा परेका हुन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गत मंसिर ७ गतेदेखि अभियानै संचालन गरेर काठमाडौं उपत्यकाको विभिन्न स्थानमा सवारी साधनको प्रदुषण चेक गर्दै आएको छ ।

वातावरण विभाग बबरमहल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले काठमाडौं उपत्यकाको विभिन्न स्थानमा अभियान शुरु भएदेखी हालसम्म ६४५ भन्दा बढी सवारी साधनको प्रदुषण चेक गरेको थियो । यो सँगै काठमाडौँको बौद्ध टुसालमा आज गरिएको प्रदुषण चेकिङकै क्रममा ८ वटा सवारी साधन कारबाहीमा परेका छन् ।

४३ वटा सवारी साधन चेक गर्ने क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने भाडा माइक्रो बस ४, बस २ र पिकअप २ गरी ८ ओटा सवारी साधन फेला परेका हुन् । मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारी साधन चलाउँदा वायु प्रदुषण बढ्न गइ मानव स्वास्थ्यमा गम्भीर समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत हुने भएकाले अभियानै संचालन गरेर प्रदुषण कारबाहीलाई तिब्रता दिइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

प्रकाशित मिति: २०७९,माघ,१०,मंगलवार १७:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पशुपति आर्यघाटमा अन्त्येष्टिका लागि लगिएको १७ महिनाको शिशुको शव प्रहरीले नियन्त्रणमा लिएको छ । शरीरमा निलडाम भएको र

काठमाडौं । काठमाडौं उपत्यकाका तीन ठाउँमा बर्डफ्लू संक्रमण पुष्टि भएको छ । ललितपुरको खुमलटार, काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट र तारकेश्वर

काठमाडौं । नेपाल र जापानको राजनीति केन्द्रित दुई दिने सेमिनार शुरु भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल तथा एसियाली

भैरहवा ।भैरहवामा ट्रक, बस र कार एक–आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । सडकमा

ताजा समाचार

विदेशी मुद्राको सञ्चिती बढ्यो
 २०७९,माघ,२३,सोमवार १७:२८