सुर्य नेपाल एनपीजीए म्याच प्लेकाे क्वाटर–फाइनल समिकरण पुरा

लोकपथ
130
Shares

काठमाडौं । सुर्य नेपाल गल्फ टुर अन्तर्गत २०२२–२३ सिजनको तेस्रो प्रतियोगिता सुर्य नेपाल एनपीजीए म्याच प्लेको क्वाटर–फाइनल समिकरण पुरा भएको छ ।

नेपाल नम्बर एक प्रोफेसनल गल्फर शुक्र बहादुर राई, दोस्रो वरियताका साविक विजेता भुवन नगरकोटी तथा रबि खड्का, रमेश अधिकारी, धन बहादुर थापा, जयराम श्रेष्ठ, भुवन कुमार रोक्का र दिनेश प्रजापतिले पहिलो चरणको खेल जित्दै अन्तिम आठमा स्थान बनाए ।

शुक्रले २० औं वरियताका टंक बहादुर कार्कीलाई सहजै ५-४ ले हराए । शुक्रले क्वाटरफाइनलमा १० औं वरियताका भुवन कुमार रोक्कालाई प्रतिद्वन्द्वीको रूपमा भेट्टाएका छन्। भुवनले नवौं वरियताका रामे मगरलाई २-१ ले माथ दिए । दोस्रो वरियताका भुवन नगरकोटीले भने १९ औं वरियताका सञ्जोक मोक्तानलाई २-१ ले हराए।

उनले अब आठौं वरियताका धन बहादुर थापासँग खेल्नेछन् । धनले पहिलो चरणमा ११औं वरियताका धरानका बलभद्र राईलाई ३-२ ले पराजित गरे। यसैगरी तेस्रो वरियताका जयराम श्रेष्ठले क्वाटर–फाइनलमा पुग्ने क्रममा १७ औं वरियताका कृष्णमान राजबाहकलाई अन्तिम होलमा (१–अप) पराजित गरे । उनले अब सातौं वरियताका दिनेश प्रजापतिसँग खेल्नेछन्।

दिनेशले पनि अन्तिम होलमा १२औं वरियताका सुर्य प्रसाद शर्मालाई पराजित गरे । अर्को खेलमा पाँचौ वरियताका रबि खड्काले १५ औं वरियताका प्रदीप कुमार लामालाई २-१ ले हराउँदै क्वाटर–फाइनलको यात्रा तय गरे। उनले १३औं वरियताका रमेश अधिकारीसँग खेल्नेछन् । रमेशले पहिलो चरणमा अप्रत्याशित नतिजा निकाल्ने क्रममा छैटौं वरियताका सञ्जय लामालाई ३-१ ले माथ दिए ।

गत सिजनको उत्कृष्ट १६ प्रोफेसनल गल्फरले प्रतियोगिता भाग लिने भएतापनि चार खेलाडी देश बाहिर रहेकोले उत्कृष्ट २० सम्मका खेलाडीले मौका पाएका हुन्। पहिलो चरण, क्वार्टरफाइनल, सेमीफाइनल र तेश्रो स्थानको लागी हुने खेल १८ होलको हुनेछ भने फाईनल खेल ३६ होलको प्रतिस्पर्धा हुनेछ । बुधवार क्वार्टरफाइनल र सेमीफाइनलका खेलहरु हुनेछन्।

बिहिवार तेश्रो स्थान र फाइनल खेल खेलिनेछन् । सुर्य नेपाल प्रालिको प्रायोजनमा पीजीए नेपालले आयोजना गरेको प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख ५० हजार रहेको छ । विजेता खेलाडीले ६० हजार रुपिया प्राप्त गर्नेछन् भने उपविजेताले ४२ हजार पाउँनेछन् ।

तेश्रो र चौंथो हुने प्रोले क्रमशः ३२ हजार र २४ हजार प्राप्त गर्नेछन्। क्वार्टर–फाइनलमा पराजित हुने चार खेलाडीले समान ११ हजार प्राप्त गर्नेछन् र पहिलो चरणबाट बाहिरिने आठ खेलाडीले समान ६ हजार प्राप्त गर्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?