काठमाडौं । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आउँदो पुसभित्रै प्रदेशको नामाकरण गर्ने बताएका छन् ।
मुख्यमन्त्री पौडेलले प्रदेशको राजधानी हेटौंडा नै रहने दाबी गरेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री पौडेलले आउने पुसभित्रै प्रदेश नम्बर ३ को नामाकरण गर्ने बताएका हुन् । तर अहिले राजधानी तलमाथि गरियो भने एक वर्ष फेरि भौतिक संरचना तयार पार्नकै लागि समय खेर जान्छ पनि बताए ।
मुख्यमन्त्री पौडेलले आफूहरु भर्खंरै एउटा ट्रयाकमा हिँड्न थालेको र अब विकास निर्माणको कामले गति लिनुपर्छ है भनेर हिँडिरहेको अवस्थामा फेरि राजधानीलाई तलमाथि गरिए एक वर्ष ब्याक हुने धारणा राखेका छन् ।
मुख्यमन्त्री पौडेलले केन्द्रीय सरकारले बनाउनुपर्ने कानुन छिटो बनाइदिनुपर्नेमा पनि जोड दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया