२३ माघ २०७९, सोमवार

नेप्से परिसूचक ८.१४ अंकले वृद्धि

२०७९,माघ,१०,मंगलवार १६:५७

18
Shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।

मंगलबार नेप्से परिसूचक ८.१४ अंक बढेर २१७३.२४ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.५३ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.३४ अंक र सेन्सेटिभ इण्डेक्स ०.५० अंकले बढेको छ।

मंगलबार कारोबारमा आएका २४८ कम्पनीको ८३ लाख कित्ता शेयर ३ अर्ब ३२ लाख ३० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन करिव ४ करोडको शेयर खरिदबिक्री भएको थियो ।

मंगलवार १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ । त्यस्तै, अन्य उपसमूहको परिसूचक २.५१ अंक बढेको छ भने जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।
यता लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य अंक घटेको छ ।

मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेसँगै सानिमा जिआईसी इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

त्यस्तै, सूर्योदय लघुवित्त र शिवश्री हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । यता, मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य ५.४८ प्रतिशत घटेको छ । आज नेपाल टेलिकमकोे करिब १३ करोडको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति: २०७९,माघ,१०,मंगलवार १६:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । विगतमा नेपाल राष्ट्र बैकले बिलासी वस्तुहरुको आयातमा गरेको कडिकडाउको सकारात्मक प्रभाव अर्थतन्त्रमा देखिएको छ । राष्ट्र बैंकले सोमबार

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा मुलुकले वैदेशिक रोजगारीबाट प्राप्त गर्ने आय रेमिट्यान्स रकम अर्थात विप्रेषण आप्रवाह बढेको

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से

काठमाडौं । नेपाल राष्ट्र बैंकल पुन सात अर्ब रुपैयाँको विकास ऋणपत्रको बिक्री गर्ने भएको छ । मंगलबार पाँँच बर्षे अवधिको

ताजा समाचार

विदेशी मुद्राको सञ्चिती बढ्यो
 २०७९,माघ,२३,सोमवार १७:२८