काठमाडौं । जनमत पार्टीका अध्यक्ष एवं सांसद डा. सिके राउतले प्रतिनिधि सभामा बोल्ने समयको बारेमा विभेद भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख र उपसभामुखलाई बधाई दिने क्रममा कसैलाई ९० मिनेट कसैलाई ५ मिनेट दिइएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
‘धन्यवाद दिनका लागि नै कसैलाई ९० मिनट र कसैलाई ५ मिनेटको समय छुट्याउनु कसरी उपयुक्त हो? एउटै क्रियाको लागि फरक समय? ’ उनले प्रश्न गरेका छन् ।
त्यस्तै ९० सिट ल्याएको पार्टीको सांसदलाई चिया खाने र बाथरुम जाने समय पनि ९० मिनेट र एक सिट पाएको पार्टीको सांसदलाई १ मिनेट मात्रै छुट्टाउनुपर्ने हो भन्दै टिप्पणी गरेका छन् ।
‘त्यसोभए त ९० सिट ल्याएको पार्टीको सांसदलाई चिया खान वा बाथरूम जान पनि ९० मिनेट र एक सीट भएको पार्टी वा स्वतन्त्र संसदलाई १ मिनेट छुट्याउनु पर्ने हो, त्यो कति व्यवहारिक र वैज्ञानिक हो? संसदले कार्यविधि पुनरावलोकन गर्नु पर्दछ ।’ उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया