हरिवंशले किने बिजुलीबाट चल्ने कार

लोकपथ
39
Shares

काठमाडौं । वरिष्ठ हास्यव्यंग्य कलाकार हरिवंश आचार्यले नेपालमै उत्पादित बिजुलीबाट चल्ने कार किनेका छन् ।

मंगलबार कलाकार आचार्यले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै आफूले बिजुलीबाट चल्ने कार किनेको जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘आज बाट म पनि देश मै उत्पादित बिजुली बाट चल्ने ‘बिजुली गाडी’ मा । ’

उनले यसअघि देशमा इन्धनको समस्या समाधानका लागि बिजुलीबाट चल्ने सवारी चढ्नका लागि आह्वान गरेका थिए ।

पछिल्ला दिनहरुमा नेपालमा बिजुलीबाट चल्ने सवारीको प्रयोगमा जोड दिन थालिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?