खेल मैदानमा हेलिकोप्टर ल्याण्ड गर्ने पाईलटलाई कुटपिट गर्ने २ जना प्रहरी नियन्त्रणमा

लोकपथ
234
Shares

काठमाडौं । स्याङ्जा वालिङको मालेबगर खेल मैदानमा फुटवल खेल भईरहेको बेला हेलिकोप्टर अवतरण गरेपछि पाइलटलाई हात पात गर्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा याम बहादुर गुरूङ र सुरेश श्रेष्ठ रहेका छन् । उनीहरुसँगै प्रहरीले हेलिकोप्टर भाडामा लिने बिनोद गैह्रे, उज्वल थापा, शुशिल गिरी र खिम बहादुर रानालाई पनि पक्राउ गरेको छ ।

उनीहरु उपर अभद्र व्यवहार सम्बन्धी कसूरमा मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता पदमराज थापाले लोकपथलाई जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट म्याद थप अनुमति लिई उनीहरु उपर थप अनुसन्धन भई रहेको स्याङ्जा प्रहरीले जनाएको छ । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?