स्पट फिक्सिङ गर्नेहरुलाई कस्तो छ कानूनी प्रावधान ?

लोकपथ
91
Shares

काठमाडाैं । स्पट फिक्सिङको छानबिन गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आफ्नो प्रारम्भिक अनुसन्धान सकेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै सीआईबीले स्पट फिक्सिङमा खेलाडीहरु समावेश भएको भएपनि आयोजक नेपाल क्रिकेट संघ क्यानको संलग्नता नभएको बताएको छ ।

नेपाल टी–२० क्रिकेट प्रक्रियागितामा स्पट फिक्सिङका लागि १० लाख सम्मको प्रलोभन दिइएको खुलेको छ ।फिक्सिङका लागि ५ खेलाडीलाई प्रस्ताव आएको र जसमध्ये दुई जनाको संलग्नता देखिएको छ । जसअनुसार प्रहरीले सोमबार पूर्व राष्ट्रिय क्रिकेट खेलाडी मेहबुव आलम र नेपाली राष्ट्रिय क्रिकेट टोलीका आदिल अन्सारी पक्राउ गरेको थियो ।

के छ कानूनी प्रावधान ?

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ दफा ३१ खेलमा मिलोमतो तथा अनियमितता गर्न नहुने भनेर उल्लेख गरिएको छ ।

नेपालभित्र वा नेपालको प्रतिनिधित्व गरी नेपालमा वा विदेशी मुलुकमा कुनै खेलाडीसंग प्रतिस्पर्धा गर्दा कुनै खेलसम्बद्ध खेलाडी वा पदाधिकारीले त्यस्तो खेलको प्रतिस्पर्धाबाट आउने स्वभाविक परिणामलाई प्रतिकुल हुने गरी कुनै खेलाडी वा खलाडीको समूहसंग मिलोमतो गर्न वा कसैको प्रलोभनमा पर्न वा कनै बाजी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्न वा खेलाउने कार्य गर्न हुँदैन ।

दफा ३२ (ग) कसुरः खेलमा मिलोमतो तथा अनियमितता गरेमा यस ऐन अन्तरगतको कसूर मानिने दफा ३३ सजाय: तीन वर्ष कैद र ५० हजार जरिवाना गरी सो कसूर गर्दा कुनै रकम लेनदेन गरेको समेत जफत हुने भए सो रकम
(कसूर गर्न आदेश वा निर्देशन दिने, त्यस्तो कसुर गर्न दुरूत्साहन दिने, उक्साउने वा मद्दत गर्ने व्यक्तिलाई मुख्य कसुरदार सरह सजाय हुने) व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?