स्पट फिक्सिङ : एक खेलमा १० लाखसम्मको अफर

लोकपथ
91
Shares

काठमाडाैं। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल टी–२० क्रिकेट प्रक्रियागितामा स्पट फिक्सिङका लागि १० लाख सम्मको प्रलोभन दिइएको खुलेको छ ।

ब्युरोले मंगलबार गरेको पत्रकार सम्मेलनका क्रममा फिक्सिङका लागि ५ खेलाडीलाई प्रस्ताव आएको र जसमध्ये दुई जनाको संलग्नता देखिएको छ । जसअनुसार प्रहरीले सोमबार पूर्व राष्ट्रिय क्रिकेट खेलाडी मेहबुव आलम र नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका थिए ।

अन्य तीन जना खेलाडीले भने प्रस्ताव नकारेको अनुसन्धानबाट खुलेको ब्युरोका एसएसी दिनेश आचार्यले जानकारी दिए । उनका अनुसार एक खेलमा स्पट फिक्सिङ गर्दा प्रतिखेलाडी ६ देखि १० लाखसम्म प्रलोभन दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?