स्पट फिक्सिङमा क्यानको संलग्नता छैन : सीआईबी

लोकपथ
78
Shares

काठमाडौं । स्पट फिक्सिङको छानबिन गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आफ्नो प्रारम्भिक अनुसन्धान सकेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै सीआईबीले स्पट फिक्सिङमा खेलाडीहरु समावेश भएको भएपनि आयोजक नेपाल क्रिकेट संघ क्यानको संलग्नता नभएको बताएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै सीआईबीका एसएसपी दिनेश आचार्यले भने- ‘प्रारम्भिक अनुसन्धानमा नेपाल टी–ट्वान्टी लिगको मुख्य आयोजक क्यानको संलग्नता देखिँदैन । अनुसन्धान जारी रहेको छ ।’

नेपाल टी–२० क्रिकेट प्रक्रियागितामा स्पट फिक्सिङका लागि १० लाख सम्मको प्रलोभन दिइएको खुलेको छ ।फिक्सिङका लागि ५ खेलाडीलाई प्रस्ताव आएको र जसमध्ये दुई जनाको संलग्नता देखिएको छ । जसअनुसार प्रहरीले सोमबार पूर्व राष्ट्रिय क्रिकेट खेलाडी मेहबुव आलम र नेपाली राष्ट्रिय क्रिकेट टोलीका आदिल अन्सारी पक्राउ गरेकाे थियाे ।

अन्य तीन जना खेलाडीले भने प्रस्ताव नकारेको अनुसन्धानबाट खुलेको ब्युरोका एसएसी दिनेश आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?