प्रधानमन्त्रीले भने, ‘मन्त्रिपरिषद्मा बसेर संघीयता र गणतन्त्रकोविरुद्ध बोल्न पाइँदैन’

लोकपथ
70
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद्मा बसेर संघीयता र लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा बोल्ने छुट कसैलाई नभएको बताएका छन् ।

मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले जनताको आन्दोलनको बलमा उठेका विषयमाथि कुनै पनि कोणबाट कसैलाई बोल्ने छुट नभएको बताए ।

मन्त्रिपरिषदमा बसेर संघीयता र लोकतान्त्रिक गणतन्त्रविरुद्ध बोल्ने छुट कसैलाई छैन, यो स्पष्टीकरणको विषय हुनेछ।’, प्रधानमन्त्रीले भने, ‘जनताको आन्दोलनको बलमा उठेका विषयलाई संविधानमा संस्थागत गरिएको छ। जनताको आन्दोलनको बलमा स्थापित गरिएका विषयमाथि कुनै न कुनै कोणबाट प्रश्न उठाउने काम भएको छ ।’

त्यस्तै केही मन्त्रीहरुले मन्त्रिपरिषद्मा बसेर केही त्यसको विरुद्ध बोलेकोप्रति कटाक्ष गर्दै मन्त्रिपरिषद्मा बसेर राजनीतिक गतिविधि अघि बढाउन पाइए पनि गणतन्त्रको विरुद्द बोल्न नपाइने बताए । त्यसको साथै त्यसको विरुद्ध बोल्न सरकार बाहिर जति पनि मञ्च रहेको उनले बताए ।

प्रधानमन्त्रीले भने, ‘मन्त्रिपरिषद् बाहिर रहेर आफ्ना राजनीतिक गतिविधि अघि बढाउन पाइन्छ। यो छुट सबैलाई छ। तर मन्त्रिपरिषदमा बस्ने अनि संघीय लोकतान्त्रिक गणतन्त्रविरूद्ध बोल्ने छुट कसैलाई छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?