सदनलाई रचनात्मक र क्रियाशील बनाऔँ : नेता पौडेल

लोकपथ
26
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेलले मुलुकका विद्यमान समस्या समाधान गर्न सरकार र संसद् सँगसँगै लैजानुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले सुशासन, आर्थिक अवस्था तथा जनताको जीवनस्तर सुधार गर्न सबै दल एक हुनुपर्ने बताए । पछिल्लो समय मुलुको आर्थिक अवस्था कमजोर बनिरहेको तथ्याङ्कले देखाएको जनाउँदै उनले भने, ‘पछिल्लो छ महिनामा १५ प्रतिशत मात्रै विकास बजेट खर्च भएको छ ।

पूरै बिग्रिसक्यो भनेर निराश नबनौँ, पूरै सप्रेको पनि छैन, सरकार र संसद्लाईसँगै जोडेर यी विषयको समाधान खोजिनुपर्छ ।’ जनताको दैनिक समस्यालाई समाधान गर्ने दिशामा संसद्लाई लैजानुपर्नेमा जोड दिँदै उनले देशका समस्या समाधान गर्न प्राज्ञिक बहसको आवश्यकता औँल्याए । ‘सुुशासनको प्रत्याभूति गराउन, छिपछिपे अर्थप्रणालीलाई सुधार गर्न सहमति खोज्नुपर्छ’, उनले भने ।

जनताको घरघरमा लोकतन्त्र पु¥याउनुपर्ने सबैको दायित्व रहेको उनको भनाइ छ । संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उनले भने, ‘यो सदनलाई रचनात्मक र क्रियाशील बनाऔँ, त्यसमा सभामुख र उपसभामुखको भूमिका महत्वपूर्ण छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?