२३ माघ २०७९, सोमवार

झण्डै २१ प्रतिशतले खुम्चियो विकास बैंकहरुको नाफा

२०७९,माघ,१०,मंगलवार १४:५७

9
Shares

काठमाडौं । विकास बैंकहरुको खुद मुनाफा घटेको छ । विकास बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार खुद मुनाफा गत आवको सोही अवधिको तुलनामा झण्डै २१ प्रतिशत अर्थात् ७० करोड सात लाख ९२ हजार रुपैयाँले घटेको हो ।

सो अनुसार गत आवको दोस्रो त्रैमासमा तीन अर्ब २८ करोड ७८ लाख ५१ हजारर सात सय ३० रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको विकास बैंकहरुको नाफा चालु आवको दोस्रो त्रैमासमा भने घटेर दुई अर्ब ५८ करोड ७० लाख ५९ हजार एक सय १० रुपैयाँमा सिमित हुन पुगेको छ ।

नेपालमा हाल क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंकहरु सञ्चालनमा रहेका छन् । जसमध्ये हालसम्म सप्तकोशी डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक र सहारा विकास बैंकको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएको छैन ।

वित्तीय विवरण सार्वजनिक भएको १४ वटा विकास बैंकहरु मध्येमा सबै भन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ भने क्षेत्रियस्तरको नारायणणी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकले खुद नोक्सानी बेहोरेको छ ।

चालु आवको दोस्रो त्रैमासमा मुक्तिनाथले ६२ करोड ६२ लाख ३३ हजार सात सय २० रुपैयाँ खुद मुनाफा कमाउँदा नारायणीले एक करोड ६६ लाख २९ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ भने सिन्धुले एक करोड ८७ लाख १४ हजार नौं सय ३० रुपैयाँ खुद नोक्सानी बेहोरेको छ ।

गत आवको सोही अवधिमा भने मुक्तिनाथले ६० करोड २४ लाख छ हजार दुई सय रुपैंयाँ खुद मुनाफा कमाउँदा नारायणीले ५९ लाख ५८ हजार आठ सय ८० रुपैयाँ खुद नोक्सानी बेहोरेको थियो भने सिन्धुले तीन करोड ५५ लाख ५४ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
चालु आवको दोस्रो त्रैमासमा गरिमा बिकास बैंक भने ५० करोड २१ लाख ४६ हजार रुपैयाँ खुद मुनाफा कमाएको आधारमा बढी नाफा कमाउने दोस्रो ठूलो बैंक बन्न सफल भएको छ ।

गत आवको सोही अवधिमा गरिमाको यस्तो नाफा ४९ करोड २९ लाख ५३ हजार रुपैयाँ रहेको थियो । बढी नाफा कमाउनेमा तेस्रो, चौँथो र पाँचौं स्थानमा पर्न सफल भएको शाईन रेसुंगा, महालक्ष्मी र लुम्बिनी विकास बैकले भने चालु आवको दोस्रो त्रैमासमा क्रमशः ४२ करोड ९६ लाख ७८ हजार, ३१ करोड ६० लाख ४६ हजार र २६ करोड १० लाख ६७ हजार रुपैंयाँ खुद मुनाफा कमाउन सफल भएका छन् ।

गत आवको सोही अवधिमा यि बैंकहरुको यस्तो नाफा क्रमशः ४९ करोड २९ लाख ५३ हजार, ३४ करोड ८८ लाख ३० हजार र ४५ करोड ६२ लाख ९२ हजार रुपैंयाँ रहेको थियो । यसैगरी कामना सेवा, साँग्रिला, मितेरी र व्योति विकास बैंकले भने चालु आवको दोस्रो त्रैमासमा क्रमशः १९ करोड ५८ लाख ७१ हजार, १६ करोड ६५ लाख ६३ हजार, पाँच करोड ९० लाख ८८ हजार र तीन करोड ४७ लाख ५९ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् ।

गत आवको सोही अवधिमा भने यि बैंकहरुको यस्तो नाफा क्रमशः ३४ करोड ३६ लाख ८१ हजार, २६ करोड १८ लाख २२ हजार, छ करोड ८० लाख ३९ हजार र ३४ करोड ४० लाख १६ हजार रुपैंयाँ रहेको थियो । अपरिष्कृत वित्तीय विवरण अनुसार कर्णाली, कर्पोरेट र ग्रिन डेभलपमेन्ट बैंकले भने चालु आवको दोस्रो त्रैमासिक अवधिमा क्रमशः एक करोड ६३ लाख ७१ हजार, एक करोड १७ लाख ४७ हजार र २८ लाख २९ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् ।

गत आवको सोही अवधिमा भने कर्णाली डेभलपमेन्ट बैंकले एक करोड ६३ लाख ९६ हजार रुपैंयाँ खुद नोक्सानी बेहोर्दा कर्पोरेट र ग्रिनले भने क्रमशः ३० लाख ९९ हजार र १८ लाख पाँच हजार रुपैंयाँ खुद मुनाफा कमाए थिए ।

कुन विकास बैंकको नाफा कति ? हेर्नुहोस यस्तो छ अवस्था (रकम रु हजारमा)
क्रस        बैकको नाम                            चालु आवको दोस्रो त्रैमास                    गत आवको दोस्रो त्रैमास
१            मुक्तिनाथ विकास बैंक                    ६२६२३३.७२                                     ६०२४०६.२०
२            गरिमा विकास बैंक                        ५०२१४६.४२                                     ४९२९५३.९६
३            शाईन रेसुंगा डेभलपमेन्ट बैंक          ४२९६७८.९१                                     ३४८८३०.५१
४            महालक्ष्मी विकास बैंक                   ३१६०४६.२०                                      ४५६२९२.८१
५            लुम्बिनी विकास बैंक                      २६१०६७.२८                                     ३५१७५५.५८
६            कामना सेवा विकास बैंक               १९५८७१.६१                                      ३४३६८१.७५
७            साँग्रिला डेभलमेन्ट बैंक                  १६६५६३.१६                                     २६१८२२.४७
८            मितेरी डेभलपमेन्ट बैंक                  ५९०८८.२३                                       ६८०३९.४७
९            ज्योति विकास बैंक                        ३४७५९.५४                                       ३४४०१६.१३
१०           कर्णाली डेभलपमेन्ट बैंक                १६३७१.५२                                       (१६३९६.६५)
११           कर्पोरेट डेभलपमेन्ट बैंक                ११७४७.६०                                       ३०९९.२१
१२          ग्रिन डेभलपमेन्ट बैंक                      २८२९.१३                                          १८०५.३३
१३          नारायणी डेभलपमेन्ट बैंक               (१६६२९.२३)                                     (५९९८.८८)
१४          सिन्धु विकास बैंक                          (१८७१४.९३)                                      ३५५५४.८३
कुल                                            २५८७०५९.१५                                   ३२८७८५१.७३
(श्रोत सम्बन्धित बैंकको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण)

प्रकाशित मिति: २०७९,माघ,१०,मंगलवार १४:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा पछिल्लो समय कुल बस्तु आयातमा कमी आएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नवीकरण नभएका बीमालेखहरुका लागि शतप्रतिशत विलम्ब शुल्क छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ ।

काठमाडौं । कुमारी बैंक लिमिटेड र माइकल ग्रिल्स प्रा.लि.बीच कुमारी बैंकको ग्राहकले विशेष छुट प्राप्त गर्ने सम्बन्धी सम्झौता भएको छ

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय

ताजा समाचार

विदेशी मुद्राको सञ्चिती बढ्यो
 २०७९,माघ,२३,सोमवार १७:२८