काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले नेपालको शिक्षा र स्वास्थ्य सुधारका लागि सरकारले काम गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद शाहीले नेपालमा द्वद किसिमको शिक्षा रहेको कारण नेपालको शिक्षा सुधार हुन नसकेको बताए ।
‘शिक्षाका कुरा गरिन्छ । माननीय ज्यूहरुको ठूला ठूला कुरा पनि गरिन्छ । आज म दावाका साथ भन्छु, सम्मानीय, माननीय ज्यूहरुको छोराछोरीलाई नेपालको सरकारी स्कुलमा पढाऔँ । आजबाट नीति लागू गरौँ, तबमात्र नेपालको शिक्षा सुधारिन्छ ।’ उनले भने ।
त्यस्तै हरेक सांसद तथा उच्चपदस्थ व्यक्ति र तीनका सन्तानलाई नेपालकै सरकारी अस्पतालमा उपचार गर्ने नीति बनाएमा मात्र नेपालको स्वास्थ्य सुधार हुने उनले बताए ।
‘हरेक माननीयको उपचार नेपालमै गराऔँ अनि मात्र नेपालको स्वास्थ्य सुधारिन्छ ।’ उनले भने ।
त्यसैगरी राज्यले जहिल्यै कर्णाली प्रदेशलाई उपेक्षा गरेको आरोप समेत लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया