काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं ८ मा १४ वर्षीय बालिकाले शिशु जन्माएकी छिन् ।
गत माघ ३ गते ती नाबालिकाले शिशु जन्माए पनि परिवारले उक्त घटनालाई लुकाउने खोजेको छ ।
जन्मिएको ती शिशु आफ्नो छोरा–बुहारीको रहेको भन्दै घटना लुकाउनका लागि छोरीलाई विद्यालय समेत पठाएको एक जनप्रतिनिधिले लोकपथलाई जानकारी दिए ।
परिवारले लामो घटना लुकाउन खोजे पनि स्थानीयहरुले बच्चा जन्माएको भन्दै घटना बाहिरिएको थियो ।
उनको परिवार बेलौरीको कोलकत्ता बजारमा तरकारी व्यापार गर्दै आएको थियो । घटनाको शंका नहोस् भनेर परिवारले ती बालिकालाई नै व्यापारका लागि पसलमा समेत राखेको थियो ।
सोही क्षेत्रका एक शिक्षक, एक बैंकका कर्मचारी र आइएमीका कर्मचारीलाई घटनाको दोषी देखाइएको छ । तर उनीहरु आफू दोषी नरहेको दाबी गर्दै आइरहेका छन् ।
घटनाको छानबिनका लागि स्थानीय प्रशासन र छरछिमेकीको बैठक बसेको थियो । सो बैठकमा उनको बा आमा र स्वंय दाई समेत आफ्नो नै बच्चा रहेको भन्दै बैठकस्थलबाट हिँडेका थिए । यता परिवारले पनि सो घटना आफ्नो पारिवारिक मामिला रहेको भन्दै टार्न खोजेको बुझिएको छ।
‘घटनाका विषयमा छानबिनका लागि हामीले स्थानीय प्रशासन र त्यो परिवारको छरछिमेकीसँग बैठक बस्यौँ । सो क्रममा उनको बुबा स्वयंले पारिवारिक घटना रहेको भन्दै पन्छिन खोजे ।’ ती जनप्रतिनिधिले भने, ‘उनको दाई पनि आफ्नै बच्चा रहेको भन्दै बैठकबाट हिँडेका थिए ।’
स्थानीय प्रशानसले प्रहरीलाई खबर गरी सोधपुछ गरे पछि ती बालिकाले उक्त घटनाको दोषी भारतीय नागरिक रहेको बताएकी थिइन् । केही महिना अघि ती बालिका त्यही भारतीय नागरिकसँग भागेर जान लागेको अवस्थामा बाटोबाट फर्काइएको थियो । ती बालिकाको ठूलो बुबाको छोरी भारतीय नागरिकसँग बिबाह गरेको र त्यही केटाको भाइसँग उनको सम्बन्ध रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
‘प्रहरीले बालिकासँग सोधपुछ गरेपछि ती बालिकाले गर्भ भारतीय नागरिकको हो भनेर भनेकी थिइन् ।’ ती जनप्रतिनिधिले भने, ‘केही समय अघि ती बालिका भारतीय नागरिकसँग भागेको अवस्थामा फर्काइएको थियो, तर उनकै ठूलो बुबाको छोरी भारतीय नागरिकसँग भागेकी थिइन्, उनकै देवरसँग ती बालिकाको सम्बन्ध रहेको देखिन्छ ।’
घटना गम्भीर रहे पनि परिवारले लुकाउन खोज्नुमा ठूलो रहस्य रहेको देखिन्छ। यदी ती भारतीय नागरिक दोषी छन् भने भारतीय प्रहरीको सहयोगमा ती केटालाई झिकाएर कारबाही प्रक्रिया अघि बढाउन पहल गर्नुपर्ने स्थानीय प्रशासनको माग रहेको छ ।
ती बालिकाको परिवार आर्थिक रुपमा कमजोर रहेका कारण आर्थिक प्रलोभनमा पारिएको हो की भन्ने आशंका समेत गरिएको छ ।
भारतीयलाई दोषी देखाइए पनि दोषी देखाइएको व्यक्तिको डिएनए परीक्षणका लागि समेत परिवारले मानिरहेको छैन ।
‘भारतीय नागरिकलाई दोषी देखाइए पनि दोषी देखाइएको व्यक्तिको डिएनए परीक्षण र सोधपुछका लागि समेत परिवार राजी भएको छैन ।’ ती जनप्रतिनिधिले भने।
अहिले ती बालिका परिवारको साथमा रहेकी छिन् । यता प्रहरी र स्थानीय प्रशासनले अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया