युक्रेनलाई युरोपेली संघको सैन्य सहयोग

लोकपथ
13
Shares

काठमाडौं । युरोपेली संघले युक्रेनलाई ५० करोड युरो बराबरको सैन्य सहयोग उपलब्ध गराउने भएको छ । संघमा आवद्ध देशका विदेशमन्त्रीको सोमबार भएको बैठकले उक्त रकम बराबरको सैन्य सहायता उपलव्ध गराउने निर्णय गरेको हो ।

युक्रेनी सेनाको तालिमका निम्ति चार करोड ५० ला युरो बराबरको सहायता प्रदान गर्न संघ सहमत भएको विदेश मामिला प्रमुख जोसेप बोरेलले बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बताए । संघले युक्रेनलाई उपलब्ध गराउने यो सैन्य सहयोगको सातौँ खेप हुनेछ । युक्रेनलाई सर्वाधिक सहायता प्रदान गर्ने युरोपेली संघ भएको छ ।

संघको सहयोग ५० अर्ब युरोको हाराहारीमा पुगेको छ । पश्चिमा देशले युक्रेनलाई हतियार उपलव्ध गराएर द्वन्द्व समाधान नहुने बरु त्यो अझ लम्बिने र त्यसले युक्रेनी जनताको दुःखकष्ट बढाउने रुसले बताउँदै आएको छ ।

बैठकमा इरानको वर्तमान अवस्था तथा विभिन्न उच्च संघसंस्था, प्रतिनिधिसहित ३७ जना इरानी अधिकारीमाथि चौथो चरणको प्रतिबन्ध लगाउने सम्बन्धमा पनि छलफल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?