टेकु अस्पतालका सेवाहरुको विकेन्द्रीकरण गर्न जरुरी छ : राज्यमन्त्री कार्की

लोकपथ
28
Shares
फाइल तस्बिर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.तोषिमा कार्कीले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट दिँदै आएका सेवाहरुको विकेन्द्रीकरण गर्न आवश्यक रहेको बताएकी छन् । मंगलबार शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले सरुवा रोग सम्बन्धी उपचार गर्न देशभरबाट टेकु नै आउनुपर्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको बताइन् । उनले हरेक गाउँपालिका, नगरपालिका, जिल्ला र प्रदेशमा नै सरुवारोग सम्बन्धी अस्पतालहरुको सेवा विस्तार हुन आवश्यक रहेको बताइन् । उनले आउनसक्ने विभिन्न खाले प्रकोपलाई धान्नसक्ने अस्पतालहरु पालिकास्तरमा बनाउन आवश्यक रहेको बताइन् ।

उनले भने, ‘अब मुसाले टोक्यो भने टेकु अस्पताल, कुकुरले टोक्यो भने टेकु अस्पताल, महामारी प्रकोप फैलिए टेकु अस्पताल नै आउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ । अब गाउँ गाउँमा, पालिका, पालिकामा, नगरुपालिका, जिल्ला, प्रदेशस्तरमा टेकु अस्पतालजस्ता सरुवा रोग सम्बन्धीका अस्पतालहरु हुन जरुरी छ ।

त्यस्ता प्रकोप धान्नसक्ने जोखिम उठाउनसक्ने अस्पतालहरु हुन आवश्यक छ । यो हामीले बनाउन सक्नुपर्छ । त्यसको लागि विकेन्द्रीकरण कसरी गर्न सकिन्छ, शुक्रराज अस्पतालले दिइरहेका सेवालाई कसरी विकेन्द्रकरण गर्न सकिन्छ ? त्यसका लागि हामी तत्पर रहने छाैँ । हामी टेकु अस्पतालबाट दिने सेवाको विकेन्द्रीकरण गर्नुपर्ने एजेण्डा बोकेर अघि आएका छौँ ।’ राज्यमन्त्री कार्कीले स्वास्थ्यकर्मीहरुले उठाइरहेको जोखिम भत्ताको बारेमा मन्त्रालय गम्भीर रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?