आइओएमका विद्यार्थी र प्रहरीबीच झडप

लोकपथ
14
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का विद्यार्थी र प्रहरीबीच झडप भएको छ । काठमाडौंको महाराजगञ्जस्थित चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) मा मंगलबार झडप भएको हो । आइओएम डीनको कार्यालयमा विद्यार्थीले लगाएको ताला प्रहरीले खोलेपछि द्विपक्षीय झडप भएको हो ।

आइओएम सुधारको माग राख्दै विद्यार्थीहरूले आन्दोलित तालाबन्दी गरेका थिए । प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिनुअघि प्रहरीले विद्यार्थीमाथि लाठीचार्जसमेत गरेको थियो । आइओएमभित्र प्रहरी प्रवेश गरी विद्यार्थीमाथि लाठीचार्ज गरेकोमा विद्यार्थीहरूले विरोध गरेका छन् । उनीहरूले प्रहरीविरूद्ध नाराबाजीसमेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?