एनसेल र शिक्वल फाउन्डेसनको सहकार्य : ‘ह्याकिंग फर ह्युम्यानिटी’ ह्याकाथन हुँदै

लोकपथ
26
Shares

काठमाडौं । शिक्वल फाउन्डेसनले एनसेल आजियाटा लिमिटेडसँगको सहकार्यमा ‘ह्याकिंग फर ह्युम्यानिटी’ थिममा नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन कार्यक्रमको आयोजना गरेको छ ।

देशभरका सूचना प्रविधि क्षेत्रमा अध्यनरत छात्रा तथा यस क्षेत्रमा कार्यरत महिलाहरुलाई लक्षित गर्दै आगामी माघ २७ देखि माघ २९ गते आयोजना गरिने एनसेलले जानकारी दिएको छ ।

विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीईआई) प्रति आफ्नो प्रतिवद्धता अनुरुप एनसेलले शिकÞ्वल फाउन्डेसनसँग नेपालमा हालसम्मकै ठूलो मानिएको यो ह्याकाथनका लागि सहकार्य गरेको छ ।

यसको प्रमुख उदेश्य महिलाहरुलाई सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन गर्नु रहेको बताइएको छ । यस कार्यक्रमको अन्य साझेदारहरुमा गल्र्स इन टेक र वुमन इन बिग डेटा रहेका छन् । शिक्वल फाउन्डेसनका अनुसार, छनोटमा परेको सहभागी महिलाका समुहहरुले स्वास्थ्य, शिक्षा, कृषि लगायतका विभिन्न क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्न विभिन्न सोलुसन्सका प्रोटोटाइपहरु बनाउने छन् ।

हाल यस कार्यक्रमको तयारी स्वरुप काठमाडौ लगायत देशका विभिन्न ठाउँहरुमा कजेल एक्टिभेसनका कार्यहरु भईरहेका छन् ।

यस ह्याकाथनले महिलाहरुलाई सूचना प्रविधि क्षेत्रमा आफ्नो करियर बनाउन र यस क्षेत्रमा रहेका विभिन्न सम्भावनाहरुसँग उनीहरुलाई जोड्न महत्वपुर्ण योगदान पुर्याउने विश्वास लिएको एनसेलले जनाएको छ । यस कार्यक्रमले सुचना प्रविधिमा रहेका महिला र नन–बाइनरी ह्याकरहरुलाई एकअर्कासँग सहकार्य गर्न र आफ्ना नविन सोचलाई सोलुसन्समा परिवर्तन गर्न एक प्लेटर्फम प्रदान गरेको छ ।

यस ह्याकाथनमा भाग लिन इच्छुक सूचना प्रविधि अध्ययन गरिरेहका छात्राहरु तथा यस क्षेत्रमा काम गरिरहेका महिलाहरुले तीन जनाको समुह बनाउन सक्छन् र सजिलै यो कार्यक्रमको रजिस्ट्रेसन कोड स्क्यान गरि एनसेल एपमार्फत आफ्नो समुह दर्ता गर्न सक्छन् । दर्ता भएका समुहहरु मध्येबाट छानिएका समुहरुको लिस्ट माघ २० घोषणा गरिने छ । कार्यक्रम पूर्व तयारी स्वरुप हाल विभिन्न कलेजहरूमा डिजाइन थिंकिङ्, इन्टरप्रेन्युरियल फाइनान्स, बिजनेस मोडल क्यानभास, स्टोरी प्रेजेन्टेशन आइडिया पिचिङ र डेलिभरीमा केन्द्रित हुँदै कार्यक्रमहरुको आयोजना भइरहेका छन् ।

शिक्वल फाउन्डेसनका अनुसार, यस प्रकारका महिला लक्षित पहलहरूले नेपालमा आईटी–सम्बन्धित उद्योगहरूमा महिलाहरूको प्रतिनिधित्व र डिजिटल अर्थतन्त्रमा महिलाहरूको समान सहभागितालाई बढाउँछ । यसले महिलाहरुको व्यक्तिगत र उनीहरूका परिवारलाई मात्र नभई समाज र अर्थतन्त्रलाई पनि फाइदा पुर्याउन मद्दत गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?