खिमलालप्रति सूर्य थापाको छुद्र टिप्पणी : ‘खादा माला लगाउन चुनाव जित्नुपर्छ भूतपूर्व मान्यज्यू’

लोकपथ
147
Shares

काठमाडौं । नेकपा एमाले सांसद एवं सूर्य थापा हरेक विषयवस्तुमा छुद्र टिप्पणी गर्ने नेताको रुपमा चिनिन्छन् । उनले मंगलबार सामाजिक सञ्जालमा आफ्ना सहकर्मीमाथि छुद्र टिप्पणी गरेका छन् ।

प्यूठानबाट प्रतिनिधि सभामा निर्वाचित थापाले मंगलबार सामाजिक सञ्जालमा पैसाको माला लगाएको तस्बिर सार्वजनिक गरे । आफ्नो निर्वाचन क्षेत्रका जनताहरुले लगाइदिएको मालासहितको तस्बिर सार्वजनिक गर्दै उनले ‘माया, माया, चोखो माया’ भन्ने स्टयाटस लेखे ।

त्यसमै उनको सहकर्मी एवं एमाले नेता खिमलाल भट्टराईले के हो यो ? भन्दै कमेन्ट गरे । त्यसको जवाफ दिँदै थापाले, ‘चुनाव लडेर जनताबाट डाइरेक्ट चुनिएको÷ जितेको भा थाहा पाउनुहुन्थ्यो राष्ट्रिय सभामा भूतपूर्व विपक्षी नेताज्यू!’ भन्दै छुद्र टिप्पणी गरे ।

पछि पुनः भट्टराईले जनताको माया पाउने चुनाव लड्ने र जित्नेले मात्र नपाउने बताउँदै थापाले जितेकोमा आफू असाध्यै खुसी लागेको बताएका छन् ।

‘जनताको माया पाउने । चुनाव लड्ने र जित्नेले मात्रै होइन है कामरेड । तपाईले जितेको र माला लगाएकोमा म फेरि असाध्यै खुशी छु ।’ उनले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?