पाकिस्तानमा पावर सिस्टम फेल, बिजुली नहुँदा व्यवसाय ठप्प

लोकपथ
78
Shares

काठमाडौं । पाकिस्तानको पावर सिस्टम फेल भएको छ । पावर सिस्टम फेल भएसँगै इस्लामाबाद, लाहोर र कराँची जस्ता पाकिस्तानका ठूला सहरहरूमा विजुली बन्द भएको छ ।  ऊर्जा मन्त्री खुर्रम दस्तगीरका अनुसार राष्ट्रिय ग्रिडको दक्षिणमा ठूलो भोल्टेज उतारचढावका कारण यो संकट उत्पन्न भएको हो ।

पाकिस्तानमा विद्युत संकट

बिजुली नआएपछि मानिसहरु मैनबत्ती र लालटेन बालेर काम गर्न बाध्य भएका छन् । धेरै घरहरूमा मानिसहरू अन्धकारमा बस्न बाध्य भएका छन्।

प्रधानमन्त्री शहबाज सरिफले घटनाको अनुसन्धान गर्न उच्चस्तरीय समिति गठन गरेका छन् । सरिफले उर्जा मन्त्रीसँग विद्युत संकटबारे तत्काल प्रतिवेदन मागेका छन् । उनले विद्युत् अवरुद्ध हुनुको कारण पत्ता लगाउन र जिम्मेवारको पहिचान गर्न आग्रह गरेका छन् ।

पाकिस्तानमा विद्युत संकट

पाकिस्तानमा विद्युत संकटले अस्पताल, कलकारखाना, कपडा उद्योगलगायत धेरै क्षेत्रमा असर गरेको छ । बिजुली नहुँदा सोमबार कपडा उद्योग बन्द गर्नुपरेको गुनासो व्यापारीहरुले गरेका छन् ।

पाकिस्तानमा विद्युत संकट

पाकिस्तानमा बिजुलीको अभावका कारण विद्यार्थीहरूलाई विद्यालयमा पढ्न कठिनाइ भइरहेको छ । केटाकेटीहरू अँध्यारोमा कक्षाकोठामा बसेका छन् ।

पाकिस्तानमा विद्युत संकट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?