योगी आदित्यनाथ आइपुगे जनकपुर, विमानस्थलबाट सिधै जानकी मन्दिर

उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आइपुगेका छन् । रामजानकी विवाह पञ्चमीमा भाग लिन योगी आज विशेष विमानबाट जनकपुर आएका हुन् ।

उनको स्वागतमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी जनकपुर विमानस्थलमा पुगेका थिए ।

निजी विमानमा आएका योगी जनकपुर विमानस्थलमा ओर्लिनासाथ जानकी मन्दिर पुगेका छन् । मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?