२३ माघ २०७९, सोमवार

म्याच फिक्सिङको आरोपमा दुई खेलाडी पक्राउ

२०७९,माघ,९,सोमवार २२:४८

9
Shares

काठमाडौं । नेपालमा भएको टी–२० लिगमा ‘स्पट फिक्सिङ’ र ‘म्याच फिक्सिङ’ गरेको आरोपमा क्रिकेटर महबुब आलम र मोहम्मद आदिल अन्सारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज पक्राउ गरेको छ ।

एक जनालाई विराटनगर र एक जनालाई राजविराजबाट पक्राउ गरी काठमाडौं ल्याइएको सिआइवी स्रोतले जनाएको छ । गत पुसमा काठमाडौंमा उक्त लिग भएको थियो । त्यहाँ म्याच फिक्सिङ र स्पट फिक्सिङ गरी सट्टेबाज गरेको आरोपमा सिआइवीले छानबिन समिति नै बनाएर अनुसन्धान गरिरहेको थियो ।

अनुसन्धान टोलीले अनुसन्धान सकेको र मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिने तयारी गरिएको सिआइबीका एक प्रहरी अधिकृतले राससलाई जानकारी दिए ।

प्रकाशित मिति: २०७९,माघ,९,सोमवार २२:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक मोन्टी देशाई नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टस अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधामा विभिन्न खेलका पाँच खेलाडी

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा ‘दोस्रो गैँडाकोट मेयर कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता–२०७९’ हुने भएको छ । यही माघ

काठमाडौं । पाकिस्तानी राष्ट्रिय क्रिकेट टीमका ब्याट्सम्यान मोहम्मद रिजवानले सन्दीप लामिछानेसँग भेट गरेका छन् । मोहम्मद रिजवान नेपाल आएर सन्दीपसँग

ताजा समाचार

विदेशी मुद्राको सञ्चिती बढ्यो
 २०७९,माघ,२३,सोमवार १७:२८