संसद सचिवालयले कांग्रेसलाई दियो प्रमुख प्रतिपक्षी दलको मान्यता (पत्रसहित)

लोकपथ
371
Shares

काठमाडौं । संघीय संसद सचिवालयले नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिएको छ ।

कांग्रेसले आफूलाई प्रमुख विपक्षीको मान्यता दिइ सेवा सुविधा उपलब्ध गराउन माग गर्दै संसद सचिवालयलाई पत्र लेखेको थियो ।

सोही निवेदनका आधारमा सचिवायले कांग्रेस संसदीय दलको नेता पार्टी सभापति शेरबहादुर देउवालाई विपक्षी दलको नेताको मान्यता दिएको हो ।

‘प्रस्तुत विषयमा तहाँ दलको कार्यालयको पत्र संख्या २०७९।०८० च.नं. ४५ मिति २०७९।०९।२९ को पत्रबाट प्रतिनिधि सभामा विपक्षी दलको नेता माननीय श्री शेर बहादुर देउवाज्यूले प्रमुख विपक्षी दलको नेताको हैसियतले प्राप्त गर्ने सुविधा माग भई आएको सन्दर्भमा सो सुविधा संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को सम्बन्धित दफाहरू र अनुसूची–१ तथा अनुसूची–२ बमोजिम हुने व्यहोरा निर्देशानुसार अनुरोध छ।’ पत्रमा भनिएको छ ।

गत पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएपछि कांग्रेसले विपक्षी दलको हैसियत गुमाएको भन्दै आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?