काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेदवारहरुसँग लिने जरिबाना मिनाहा गर्न नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ नेपालले सरकारसँग माग गरेका छन् ।
संघ र महासंघका अध्यक्षहरुले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर जरिबाना मिनाहा गर्न माग गरेका हुन् ।
नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगाना र गाउँपालिका राष्ट्रिय महासंघ नेपालकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जरिबाना मिनाहासम्बन्धी ध्यानाकर्षण पत्र बुझाएका थिए ।
प्रधानमन्त्री प्रचण्डले अब बस्ने मन्त्रिपरिषद्को बैठकमा जरिबाना मिनाहसम्बन्धी प्रस्ताव टेबल गर्ने प्रतिबद्धता व्यक्त गरेको नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले जानकारी दिए ।
निर्वाचन आयोगले स्थानीय तहको चुनावमा खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६२४ जना उम्मेदवारलाई जरिबाना तोकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया