नेपाल वायुसेवा निगमका ५ जना पाइलटलाई कारबाही गर्न निर्देशन

लोकपथ
154
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका ५ जना पाइलटलाई कारबाही गर्न निर्देशन दिएको छ । नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्नेक्रममा हङकङ विमानस्थलको एटीसीको इन्स्ट्रक्सन नमानेपछि पाइलटलाई निलम्बन गर्न प्राधिकरणले निर्देशन दिएको हो ।

निगमले हङकङ उडान भरेका पाइलट उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मालाई निलम्बन गर्न निर्देशन दिएको नेपाल नागरिक उड्डयन प्राधिकरण प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

त्यस्तै, काठमाडौंबाट जापान उडानको जहाजमा रहेका दुई जना पाइलटलाई निलम्बन गर्न निर्देशन दिइएको छ।  जापान उडेको जहाजमा रहेका वाईपी ज्वार्चन र प्रसन्न रानालाई पनि सोही इन्स्ट्रक्सन नमानेपछि निलम्बन गर्न निर्देशन दिइएको हाे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?