२३ माघ २०७९, सोमवार

नेप्सेमा १३.७१ अंकले गिरावट

२०७९,माघ,९,सोमवार १६:५७

36
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ ।

सोमबार नेप्से १३.७१ अंक घटेर २१६५.१० बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स २.०५ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.९१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंकले घटेको छ ।

सोमबार कारोबारमा आएका २५७ कम्पनीको १ करोड ७ लाख ५९ हजार कित्ता शेयर ३ अर्ब ८६ करोड ४० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमवार नेप्सेसँग कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन करिब ५ अर्बको शेयर खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ । जसमा बैंकिङ उपसमूहको परिसूचक १.०८ अंक बढेको छ । तर यता विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

नेप्सेमा गिरावट आए ५ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा आदर्श लघुवित्त वित्तीय संस्था, सानिमा जिआईसी इन्स्योरेन्स, कुमारी बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र समृद्धि फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

त्यस्तै, पिपुल्स हाइड्रोपावर र मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । आज कुमारी बैंकको २७ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति: २०७९,माघ,९,सोमवार १६:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । विगतमा नेपाल राष्ट्र बैकले बिलासी वस्तुहरुको आयातमा गरेको कडिकडाउको सकारात्मक प्रभाव अर्थतन्त्रमा देखिएको छ । राष्ट्र बैंकले सोमबार

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा मुलुकले वैदेशिक रोजगारीबाट प्राप्त गर्ने आय रेमिट्यान्स रकम अर्थात विप्रेषण आप्रवाह बढेको

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से

काठमाडौं । नेपाल राष्ट्र बैंकल पुन सात अर्ब रुपैयाँको विकास ऋणपत्रको बिक्री गर्ने भएको छ । मंगलबार पाँँच बर्षे अवधिको

ताजा समाचार

विदेशी मुद्राको सञ्चिती बढ्यो
 २०७९,माघ,२३,सोमवार १७:२८