होण्डा ग्राहकका लागि यी दुई आकर्षक अफर

लोकपथ
169
Shares

काठमाडौं । होण्डा टु व्हीलर्स् को आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले आफ्नो बाईकहरु होण्डा साईन र होण्डा ग्राजियामा दुईवटा आकर्षक उपहार योजनाहरु ल्याएको छ ।

योजना अनुसार, ग्राहकले अर्डर गरेको होण्डा साईनको कुनै पनि पार्टस् ९९ घण्टा भित्र पाउनेछन् । यदि उक्त समय भित्र पार्टस् आइपुगेन भने ग्राहकले आफूले चाहेको रकम मात्र तिर्न सक्ने कम्पनीले जनाएको छ ।

यो छिटो सर्भिसको ग्यारेन्टी सहित लागतमा सुविधाको वैकल्पिक अफरको रुपमा रहेको बताइएको छ ।

होण्डा ग्राजियाको योजनामा नयाँ होण्डा ग्राजिया खरिद गरेका ग्राहकहरुले केवल १ रुपैयाँमा ३ वर्षको लागि सर्भिसिङ्ग र स्पेयर पार्टस् को लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?