एनएसजेएफ स्पोर्ट्स अवार्ड फागुन २३ गते

लोकपथ
52
Shares

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको १९ औं संस्करण फागुनमा हुने भएको छ । नेपाली खेलकुद पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले सोमबार पत्रकार सम्मेलनको घोषणा गर्दै अवार्ड फागुन २३ गते हुने जनाएको छ ।

२०७८ सालभर नेपाली खेलकुदमा योगदान पुर्याउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने अवार्ड कार्यक्रम काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुने एनएसजेएफले जनाएको छ ।

यस पटकको पल्सर स्पोर्ट्स अवार्ड २०७८ मा ९ विधामा अवार्ड प्रदान गरिने छ ।

त्यसमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिष्ट अवार्ड रहेको छ।

वर्ष खेलाडी पुरुष, महिला,युवा, प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन आगामी दिनमा सार्वजनिक गरिने जनाईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?