काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी निर्देशक युवराज अधिकारीले आन्तरिक उडानको लागि थप विमान किन्नुपर्ने बताएका छन् । सोमवार नयाँ पर्यटनमन्त्री सुदन किराँतीलाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक अधिकारीले निगमलाई सबैभन्दा पहिला आन्तरिक रुपमा बलियो बनाउनको लागि आन्तरिक उडानको लागि विमानहरु थप्न आवश्यक रहेको बताएका हुन् ।
उनले वायुसेवा निगमलाई सक्षम र सुदृढ बनाउने गरी कार्ययोजना बनाइरहेको बताए । उनले निगमले सेवा बिस्तार गर्दा नाफा नोक्शानको भन्दा पनि राष्ट्रिय दायीत्व पूरा गर्नुपर्ने बताए । अधिकारीले निगमको हवाई क्षेत्रमा हुने उपस्थितिले बजार व्यवस्थापनलाई नियन्त्रण गर्ने बताए ।
उनले निगमको आर्थिक अवस्थाले ३ वटासम्म विमान किन्नसक्ने भएकाले निगम आन्तरिक उडानको लागि जहाज थप्ने तयारीमा रहेको भन्दै सञ्चालक समिति र मन्त्रालयको निर्देशन हुनासाथ अगाडि बढ्न निगम तयार रहेको बताए । उनले निगमको प्राथमिकता यात्रुको सेवामा गुणस्तरियता बढाउने र निगमको सुधारमा तिब्रता ल्याउनु रहेको बताए । उनले राज्यले राष्ट्रिय ध्वजावाहकलाई संरक्षण गर्न आवश्यक रहेको बताए ।
उनले भने,‘ नेपाल वायुसेवा निगमलाई सक्षम र सुदृढ बनाएर लैजाने कार्ययोजनाहरु रहेका छन् । जुन मन्त्रीज्युलाई र मन्त्रालयलाई प्रश्तुत गरेर अगाडि बढ्छौं । निगमलाई सबैभन्दा पहिला आन्तरिक रुपमा आन्तरिक उडानको लागि विमान (एयरक्याफ्ट) हरु थप गर्नुपर्छ । नेपाल वायुसेवा निगमको नेपाली जनतालाई सुरक्षित सेवा दिने कतव्र्य हो । निगमले सेवा बिस्तार गर्दा नाफा नोक्शानको भन्दा पनि राष्ट्रिय दायीत्व पूरा गर्नुपर्छ । निगमले आन्तरिक रुपमा पर्यटन विकास गर्ने भुमिका निर्वाह गरेको छ । निगमको हवाई क्षेत्रमा हुने उपस्थितिले बजार व्यवस्थापनलाई नियन्त्रण पनि गर्छ । निगम आन्तरिक उडानको लागि जहाज थप पर्ने तयारीमा छ । निगमको आर्थिक अवस्था हेर्दा ३ वटासम्म जहाज किन्न सक्षम छौं । सञ्चालक समिति र मन्त्रालयको निर्देशन हुनासाथ अगाडि बढ्न तयार छौं । वित्तीय पुनःसंरचना गरी निगमको आमुल परिवर्तन हुनसक्ने अवस्था छैन । त्यसको लागि निगमले केही कार्ययोजनाहरु तयार गरेको छ । सञ्चालक समिति र मन्त्रालयमा पेस गरिसकिएको छ । निगमको ११ प्रतिशतको ब्याज तिरेको छ त्यसमा सस्तो ब्याजदरको पैसा जोहो गर्ने तयारी छ । हाम्रो अर्को प्राथमिकता यात्रुको सेवामा गुणस्तरियता बढाउने र गुनासो
सुन्ने हो । निगमको सुधारमा तिब्रता ल्याउनेछौं । राज्यले पनि राष्ट्रिय ध्वजावाहकलाई संरक्षण गर्न आवश्यक रहेको छ । अन्तर्राष्ट्रिय देशहरुले पनि राष्ट्रिय ध्वजावाहकलाई संरक्षण गर्न काम गरिरहेका छन् ।’
उनले निगमको वित्तीय पुनःसंरचना नगरिएसम्म निगममा आमुल परिवर्तन हुनसक्ने अवस्था नभएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया