स्पट फिक्सिङ प्रकरण : ४ जना नेपालीसिहत १० जना संलग्न

लोकपथ
143
Shares

काठमाडौं । नेपाल प्रहरीले नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा १० जना संलग्न भएको निष्कर्ष निकालेको छ । संलग्न १० जना मध्ये ४ जना नेपाली नागरिक रहेका छन् भने ६ जना विदेशी नागरिक रहेका छन् ।

महबुब आलम र आदिल अन्सारीलाई प्रहरीले पक्राउ गरिसकेको छ भने अन्य २ जना नेपालीलाई पनि पक्राउ गर्ने तयारी भइरहेको श्रोतले जनाएको छ । स्पट फिक्सिङमा ६ जना विदेशी संलग्न छन् ।

स्पट फिक्सिङको खबर बाहिरिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?