स्पट फिक्सिङ प्रकरण : संलग्न भएको आरोपमा मेहबुब आलम र आदिल अन्सारी पक्राउ

लोकपथ
117
Shares

काठमाडौं । नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरुलाई पक्राउ गरेको श्रोतले बतायो । आलम र अन्सारी बाहेक अन्य क्रिकेटरहरुपनि पक्राउ पर्नसक्ने सम्भावना रहेको श्रोतले जनाएको छ ।

नेपाल टी-ट्वान्टी लिग पुस ९ गतेबाट २७ गतेसम्म टियु क्रिकेट मैदानमा आयोजना भएको थियो । लिगमा स्पट फिक्सिङ भएको खबर बाहिरिएपछि सीआईबीले अनुसन्धान थालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?