काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचन समयमै गर्नुपर्ने बताएको छ ।
साेमबार धुम्बाराइमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले समयमै राष्ट्रपतिको निर्वाचन गर्न सरकारको ध्यानाकषर्ण गराएको हो ।
‘ऐनमा भए अनु्सार नै समयमै निर्वाचन गर्ने काम सरकार र निर्वाचन आयोगको हो । कुनै बाधा अड्चन भए त्यसलाई हटाएर निर्वाचन हुनुपर्छ ।’ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले भने ।
नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय पनि गरेको छ । सबै दलको सहयोग लिएर कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया