गण्डकी प्रदेशमा अब ७ वटा मात्रै मन्त्रालय

लोकपथ
104
Shares

काठमाडौं । गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले ७ वटा मात्रै मन्त्रालय बनाउने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकीमा १२ बाट घटाएर ७ मन्त्रालय बनाउने निर्णय गरेको गण्डकी प्रदेश सरकारकी प्रवक्ता सिता सुन्दासले जानकारी दिइन् ।

कुन कुन मन्त्रालय रहन्छ ?

१) मुख्यमन्त्री तथा मन्त्रिपरिषद् : बैठक, प्रशासन र शासकीय सुधार

२) आर्थिक मामिला मन्त्रालय : अर्थ, सहकारी, गरिबी निवारण, भूमि व्यवस्था

३) आन्तरिक मामिला तथा कानुन मन्त्रालय : शान्ति सुरक्षा, विपद् व्यवस्थापन, समारोह व्यवस्थापन, सञ्चार, प्रदेश सभा मामिला तथा कानुन ।

४) भौतिक पूर्वाधार विकास मन्त्रालय : भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात

५) सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय : शिक्षा, संस्कृति, विज्ञान प्रविधि, श्रम, रोजगार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या

६) उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय : पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति, वन, वातावरण, भू–संरक्षण

७) कृषि तथा जलस्रोत मन्त्रालय : कृषि तथा पशुपंक्षी, ऊर्जा, सिँचाइ र खानेपानी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?