२३ माघ २०७९, सोमवार

साम्राज्ञीले भनिन्- ‘फिल्म कलाकारले भन्दा कन्टेन्टले चल्ने हो’

२०७९,माघ,९,सोमवार ११:१७

162
Shares

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्म कलाकारले भन्दा कन्टेन्टले चल्ने बताएकी छन् । हलमा दर्शक कलाकार भन्दा फिल्मको कन्टेन्ट हेर्न आउने उनको भनाइ छ ।

पछिल्लो समय महँगा कलाकारले फिल्म हलमा दर्शक तान्न नसकेको भन्दै सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी हुन थालेपछि अभिनेत्री शाहले घुमाउरो ढङ्गले फिल्म नचल्नुमा निर्माता र निर्देशक जिम्मेवार हुनुपर्ने बताएकी हुन् ।

आइतबार फिल्म ‘ह्यारीकी प्यारी’ ले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा शाहले महँगा अभिनेता अभिनेत्री राखेर फिल्म हिट नहुने समेत बताइन् । उनले फिल्म ‘ह्यारीकी प्यारी’ कलाकारले भन्दा पनि कन्टेन्टले राम्रो फिल्म भएको दाबी गरिन् । ‘मेरो मन पर्ने जनरा कमेडी हो र पहिलो पटक यो जनरामा ‘ह्यारीकी प्यारी’ काम गर्न पाए’, उनले भनिन् ‘अबको मेरो फिल्मको प्राथमिकता र छनोट पनि कमेडी र यस्तै कथावस्तु हुनेछ ।’

‘ह्यारीकी प्यारी’ मार्फत पहिलो पटक गाउँले परिवेश र कथावस्तुमा बनेको फिल्ममा अभिनय गर्न आफूले पाएको भन्दै उनले खुसी व्यक्त गरिन् । भनिन् ‘बच्चैदेखि रोमकम र कमेडी हेरेर हुर्किएकी हुँ म ।’ कार्यक्रममा फिल्म अभिनय अनुभव समेत सुनाएकी उनले फिल्म सबै वर्गका दर्शकले रुचाउने बताइन् ।

‘ह्यारीकी प्यारी’ डा. कपिल रिजालको निर्माण निर्देशन रहेको फिल्म हो । फिल्ममा साम्राज्ञीका जोडीको रूपमा अभिनेता जितु नेपाल देखिएका छन् । कमेडी जनरामा निर्माण भएको र ५ भाषामा बनेको फिल्म माघ २० गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति: २०७९,माघ,९,सोमवार ११:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । उच्च अदालत पोखराले पल शाहविरुद्धको बाल यौन दुराचारको मुद्दामा झगडियालाई झिकाउने आदेश दिएको छ । सोमबार उच्च अदालत

काठमाडौं । कोरोना महामारीपछि सङ्गीत जगतको उत्कृष्ट अवार्ड मध्येको एक ग्रामी अवार्ड यस वर्ष लस एन्जलसमा सम्पन्न भएको छ ।

काठमाडौं । गायक रामकृष्ण ढकालको गीत आमाको ममता सार्वजनिक भएको छ । आईतवार काठमाडौंमा एक कार्यक्रम गरी गीतसहित भिडियो सार्वजनिक

काठमाडौं । एभरेष्ट सूर्य बोहरा निर्देशीत तथा बिक्रम डि जोशी निर्मित फिल्म ‘हेल्लो जिन्दगी’ ले अहिलेसम्म बिभिन्न आठ वटा अन्तराष्ट्रिय

ताजा समाचार

विदेशी मुद्राको सञ्चिती बढ्यो
 २०७९,माघ,२३,सोमवार १७:२८