काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो दलको प्रमुख सचेतक र उपनेताको जिम्मेवारी बाँडफाँट गरेको छ ।
आइतबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले दलको प्रमुख सचेतकमा सांसद सन्तोष परियार र उपनेतामा सांसद विराजभक्त श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै रास्वपाबाट दल नेतामा पार्टी सभापति रवि लामिछाने छन्। उनी उपप्रधान तथा गृहमन्त्री छन्।
रास्वपाबाट उपसभामुखमा सांसद इन्दिरा राना निर्वाचित भइसकेकी छन्। यस्तै रास्वपा सांसदहरू डोलप्रसाद अर्याल श्रम मन्त्री, शिशिर खनाल शिक्षा मन्त्री र डा. तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त भएकी थिइन्।
गत निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी रास्वपाबाट २० सांसदले संसदमा प्रतिनिधित्व गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया