पार्टीको जिम्मेवारीबाट अलग भएको उपसभामुखद्वारा घोषणा

लोकपथ
28
Shares

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले पार्टीका सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी राना शनिबार उपसभामुखमा निर्वाचित भएकी थिइन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै उनले आफू आबद्ध रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण राजनीतिक तथा सांगठनिक जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन् ।

उपसभामुख पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि यो घोषणा गरेको उनको भनाइ छ ।
यसअघि सभामुख देवराज घिमिरेले पनि पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?